गजल
- नवराज कँडेल
सहिदले बगाएको रगत हो प्रजातन्त्र
आस्थाहरु मौलाउने जगत हो प्रजातन्त्र
आस्थाहरु मौलाउने जगत हो प्रजातन्त्र
हाँसी-हाँसी फाँसी चढ्ने गौरवमय क्षण हेर
राष्ट्र जाग्ने कुर्बानीको लागत हो प्रजातन्त्र
राष्ट्र जाग्ने कुर्बानीको लागत हो प्रजातन्त्र
स्वतन्त्रता-मानवता पैतलाले किच्नेहरु
सुनिराख युग फेर्ने तागत हो प्रजातन्त्र
सुनिराख युग फेर्ने तागत हो प्रजातन्त्र
समानताको राँको बाल्दै अँध्यारोमा ज्योति छर्ने
एउटा नौलो बिहानीको आगत हो प्रजातन्त्र
एउटा नौलो बिहानीको आगत हो प्रजातन्त्र
शान्तिनगर ३, दाङ ।
No comments:
Post a Comment