Monday, August 17, 2015

गीत (शून्यतामा जोरमादल ..)

                      गीत 

                           - नवराज कँडेल 
शून्यतामा जोरमादल बजाएर जाऊ
लथालिंग यात्रा मेरो सजाएर जाऊ

तिम्रो कन्चन निश्चल मुहार प्रीत बोल्दैछ
ढक्ढक्याउँदै हृदयको ढोका खोल्दैछ
कति मात्र जिस्क्याउँछौ लौ लजाएर जाऊ
शून्यतामा जोरमादल बजाएर जाऊ

मनको खुल्ला आकाशमा तिमीसँगै उडुँ लाग्यो
समस्याको नदी तर्न तिमीसँगै गुडुँ लाग्यो
सुसेलेर धुन थोरै ब्युँझाएर जाऊ
शून्यतामा जोरमादल बजाएर जाऊ

२०६०/०१/११
भरतपुर-१०, चितवन

No comments:

Post a Comment