Monday, August 17, 2015

गजल (बादलुको महादेशबाट ..)

                               गजल 

                                                 - नवराज कँडेल

बादलुको महादेशबाट सम्झनाको कोसेली दिउँला
मनकी सानी मुटुमा तिम्रो कल्पनाको कोसेली दिउँला
छातीको माया मुहारमा कतै छचल्किएर पोखिएला
प्रीति थाम्दै नीरतालमा सहभावनाको कोसेली दिउँला

निकट तिमी आउँछ्यौ जब छम-छम पाउजु बजाएर
तिम्रै कन्चन जवानीको आराधनाको कोसेली दिउँला

तिम्रो हाँसो दिव्य जादु मनमा तीर झैं गढ्छ मेरो
निर्मल-निस्छल मुस्कानको उपासनाको कोसेली दिउँला

सफलताका खुड्किलाहरु चढ्दै जाऊ अनन्तसम्म
तिम्रै 'अविरल' उचाइको शुभकामनाको कोसेली दिउँला

२०६०-०२-२०
शान्तिनगर-३,दाङ

No comments:

Post a Comment