Monday, August 17, 2015

गजल (भावनाको शुष्क-शुष्क..)

                            गजल 

                                           - नवराज कँडेल 
भावनाको शुष्क-शुष्क खडेरीमा तिमीलाई खोजेँ
आफ्नै मनको सानो टुक्रो घडेरीमा तिमीलाई खोजेँ

प्यास जब बढ्दै गयो, हृदय झन्-झन् अत्तासियो
प्रीतिप्यालासँगै मैले पँधेरीमा तिमीलाई खोजेँ

उज्यालोमा भीडबीच एक्लो पाउँदा आफुलाई
भेटिन्छ्यौ कि कतै भनी अँधेरीमा तिमीलाई खोजेँ

आशाभित्र अर्को आशा सल्बलाउँदा बल्ल-तल्ल
भेटेँ जब आफ्नै मनको मझेरीमा तिमीलाई खोजेँ

भावनाको शुष्क-शुष्क खडेरीमा तिमीलाई खोजेँ
आफ्नै मनको सानो टुक्रो घडेरीमा तिमीलाई खोजेँ

२०६०-०२-२०
शान्तिनगर-३, दाङ.

No comments:

Post a Comment