गजल
- नवराज कँडेल
जीवन कर्णालीसंगै बग्ने डुंगा बन्नु छ
जड होइन आकाश छुने चंगा बन्नु छ
जति संवेदनाको खेती गरें उति मन कठोर भो
भन्दिन अब तिमीलाई थुंगा बन्नु छ
भन जिन्दगानी किन यति रुवाउँछौ
कि म अब निर्जीव कुनै ढुंगा बन्नु छ
धेरै भो पीडाको आहाल पोखरी भई जमेको
लाग्छ अब त निकास दिने गंगा बन्नु छ
२०६०/११/०६
शान्तिनगर, दाङ
(कालिका एफएमको साहित्यिक कार्यक्रम "पल प्रतिपल"मा २०६१ जेठ महिना भरि वाचन गरिएका रचनाहरु मध्ये सर्वोत्कृष्ट भई देवकोटा अध्ययन केन्द्र, भरतपुर, चितवनद्वारा मिति २०६१/०३/२६ मा पुरस्कृत गजल)

Wah dajju...mitho...
ReplyDeleteVery good friend..
ReplyDelete