गजल
- नवराज कँडेल
कसरी भन्नु खै हृदयमा पारिलो घाम छ यतिबेला
उदास मेरो बस्तीमा अँध्यारै याम छ यतिबेला
कहिले पढ्न सकिन्छ संगै सबै-सबैले समयको चिट्ठी
खुल्ला पाना कसैसंग चाहिं बन्द खाम छ यतिबेला
ए युवा किन मौन छौ देखेनौ कि तिम्रै छाति माथि
घोडा हरपल हिटलरको यहाँ बेलगाम छ यतिबेला
आस्था टुक्रिएपछि चर्किएपछि विश्वासको ऐना
सडक भरि वर्तमान विरुद्ध सिंगो लाम छ यतिबेला
कहिले थवाङ बनेर भत्कियौं कहिले दाङ बनेर तप्कियौं
यद्यपि आँखा भरि भोजपुर म्याग्दी र अछाम छ यतिबेला
कोशी बग्दैछ बुद्ध खोज्दै सुकरात खोज्दै कर्णाली बग्दैछ
तर किन उसैगरी आँसुको नारायणी अविराम छ यतिबेला
२०६०/१२/२८
खैरहनी, चितवन
(आदर्श राष्ट्रिय विविध साहित्यिक पत्रिकाद्वारा मिति २०६१/०२/०२ मा गैंडाकोट, नवलपरासीमा आयोजित खुल्ला गजल प्रतियोगितामा प्रतियोगी भई प्रथम भएको गजल)

No comments:
Post a Comment