Saturday, August 29, 2015

गजल (जीवन कर्णालीसंगै बग्ने ..)

                       गजल 

                               - नवराज कँडेल

जीवन कर्णालीसंगै बग्ने डुंगा बन्नु छ
जड होइन आकाश छुने चंगा बन्नु छ

जति संवेदनाको खेती गरें उति मन कठोर भो
भन्दिन अब तिमीलाई थुंगा बन्नु छ

भन जिन्दगानी किन यति रुवाउँछौ
कि म अब निर्जीव कुनै ढुंगा बन्नु छ

धेरै भो पीडाको आहाल पोखरी भई जमेको
लाग्छ अब त निकास दिने गंगा बन्नु छ

२०६०/११/०६
शान्तिनगर, दाङ

(कालिका एफएमको साहित्यिक कार्यक्रम "पल प्रतिपल"मा २०६१ जेठ महिना भरि वाचन गरिएका रचनाहरु मध्ये  सर्वोत्कृष्ट भई देवकोटा अध्ययन केन्द्र, भरतपुर, चितवनद्वारा मिति २०६१/०३/२६ मा पुरस्कृत गजल)





2 comments: