हाम्रो पैरवीबाट
कुरो बुझे जस्तो गर्छन् शासक-प्रशासकहरु
बाँड्छन् अनेक आश्वासनका पुलिन्दा
नहौसिनुहोला मख्ख नपर्नुहोला
उनीहरुले बोल्ने एउटा र गर्ने अर्कै हुन्छ प्राय
संघर्ष जारी राख्नुहोला
आवाज उठाइरहनुहोला
कुनै दिन साँच्चिकै आइपुग्यो भने पुलिन्दा
र खोलेर भित्र हेर्दा पठाएको मालमत्ता
भने अनुसार नै सहीसलामत रहेछ भने
सलाम ठोक्दै भनौंला
प्रिय मार्गदर्शक र श्रद्धेय अभिभावक !
अहिलेसम्मको अनुभवले
त्यो निकै दुर्लभ छ ।
२०८१/०४/१०
वीरेन्द्रनगर-७, सुर्खेत
No comments:
Post a Comment