Friday, August 9, 2024

कविता: हरियो सर्प

            - नवराज कँडेल

अचेल जताततै

मौलाएको छ हरियो सर्प प्रवृत्ति

हरियो सर्प

हेर्दा घाँस जस्तै देखिन्छ

विश्वस्त नहुनु

थप सचेत हुनु

मौका कुरेर बसेको हुन्छ

डस्न सक्छ जुनसुकै समय

नजिक नजानु

जानै परे

निकै ध्यान दिएर हेर्नु

सावधानी अपनाउनु

हरियो सर्प प्रवृत्तिलाई

नागपञ्चमीको अवसरमा

शुभकामना !

 

२०८१/०४/२५

नेपालगञ्ज-१८, बाँके

No comments:

Post a Comment