धरतीमा सन्ध्या ओर्लिएको रात
- नवराज कँडेल
त्यो रात मैले मुक्तक कोरिनँ
त्यो रात मैले गजल लेखिनँ
त्यो कविताको भीडबाट टाढिएको रात
एउटा क्रुर रात
जहाँ जिउन चाहने मुनाहरुको
जिजीविषा निमोठिएको रात
दर्केको पानीमा चिसो स्याँठबाट
ओत नपाएको रात
एउटा निस्तब्ध रात
चुपचाप मुखमा किला ठोकेर
तान्डवी नृत्य हेरिरहेको रात !
पहिरो भत्किएर उदास भएको पहाड जस्तै
मन पनि खोंचतिर खसिरहेको रात
फक्रिएर पाखाभरि राताम्य भएको गुराँस झैं होइन
मन कक्रक्क कक्रिएर घोर आशंकामा पसिरहेको रात
त्यो रात- तिम्रो मुटुमा राष्ट्रियता मरेको रात
त्यो रात- विचारको शिखरबाट तिमी झरेको रात
हो, त्यो रात- मलाई निद्रा लागेन, लाग्दै लागेन
केवल तिम्रै यादले सताइरह्यो
तिम्रो निश्चल मुस्कानले झकाइरह्यो
तर आश्चर्य !
तिमी बदलिएको रात
कुरुपतातिर तिमी जकडिएको रात
र, एउटा चेतनशील मस्तिष्कमा
कर्फ्यू लागेको रात
मेरो अगाडि यतिबेला
अतीतका पानाहरु पल्टिरहेछन्
र, देखिरहेछु- तिमी ब्युँझिएको रात
सम्झिरहेछु- कुनै घोर निद्राबाट
तिमी जुर्मुराएको रात
त्यो रात
दिगन्त बन्न सकेन तिमीमा
जीवन्त बन्न सकेन तिमीमा
र, भासियौ तिमी
कहिल्यै नउठ्नेगरी स्वार्थको भासमा
टाँसियौ तिमी
तिम्रै स्वतन्त्रता गुमेको
त्यो सर्वदा नक्कली आकाशमा
र, चिन्न सकेनौ
गर्वले छाती फुकेको रात
नेपालआमाका सजल नयनहरुमा
सधैंका लागि आसुँ सुकेको रात !
तिमी बन्न सकेनौ त्यो उपन्यास
जो सदियौंदेखि भोक, रोग, अशिक्षा
र, गरिबीमा पिल्सिएर पनि
आफ्ना हाडका बज्रहरुले पहरा फोरेर
आफ्नै मुटु निचोरेर
रुखो धरतीलाई हराभरा पारेर
दुनियाँको प्राण धानिरहेका श्रमिकहरुको
पसिना लुटेर रजाइँ गर्ने
लुटेराहरुका खिलाफमा कोरियोस्
पहिल्याउन सकेन तिम्रो मुक्तकले
कि, संसारमा सबैभन्दा बलिया हातहरु भनेका
न्यायका लागि उठेका हातहरु हुन्
जान्न सकेन तिम्रो हाइकूले
अठार घण्टा पसिना चुहाउनेहरु
आफ्नो श्रमबाट ठगिएको बेला
जागरणको हरफ बन्नुपर्छ
र, बन्न सकेनौ तिमी त्यस्तो कविता
जो तान्डव नृत्य मच्चाएर
न्यायको मजाक उडाउनेहरुका खिलाफमा
नेपालआमालाई बलात्कार गरेर
विजय उत्सव मनाउनेहरुका विरुद्ध विष्फोट होस्
बन्न सकेनौ तिमी गजलको त्यो सेर
जो तथाकथित आधुनिकताको खुनी पन्जाबाट
नांगिरहेको तिम्रो पुस्ताको शरीरमा
लाज ढाक्ने एकसरो कपडा बनोस् !
त्यसैले त्यो रात
मैले मुक्तक कोरिनँ
न त मैले कविता लेखेँ
एउटा क्रुर रात
भयानक रात
निस्तब्ध रात
विचारको शिखरबाट तिमी झरेको रात
तिम्रो मुटुमा राष्ट्रियता मरेको रात
धरतीमा सन्ध्या ओर्लिएको रात !
२०६०/०२/२४
शान्तिनगर-३, दाङ
त्यो रात मैले मुक्तक कोरिनँ
त्यो रात मैले गजल लेखिनँ
त्यो कविताको भीडबाट टाढिएको रात
एउटा क्रुर रात
जहाँ जिउन चाहने मुनाहरुको
जिजीविषा निमोठिएको रात
दर्केको पानीमा चिसो स्याँठबाट
ओत नपाएको रात
एउटा निस्तब्ध रात
चुपचाप मुखमा किला ठोकेर
तान्डवी नृत्य हेरिरहेको रात !
पहिरो भत्किएर उदास भएको पहाड जस्तै
मन पनि खोंचतिर खसिरहेको रात
फक्रिएर पाखाभरि राताम्य भएको गुराँस झैं होइन
मन कक्रक्क कक्रिएर घोर आशंकामा पसिरहेको रात
त्यो रात- तिम्रो मुटुमा राष्ट्रियता मरेको रात
त्यो रात- विचारको शिखरबाट तिमी झरेको रात
हो, त्यो रात- मलाई निद्रा लागेन, लाग्दै लागेन
केवल तिम्रै यादले सताइरह्यो
तिम्रो निश्चल मुस्कानले झकाइरह्यो
तर आश्चर्य !
तिमी बदलिएको रात
कुरुपतातिर तिमी जकडिएको रात
र, एउटा चेतनशील मस्तिष्कमा
कर्फ्यू लागेको रात
मेरो अगाडि यतिबेला
अतीतका पानाहरु पल्टिरहेछन्
र, देखिरहेछु- तिमी ब्युँझिएको रात
सम्झिरहेछु- कुनै घोर निद्राबाट
तिमी जुर्मुराएको रात
त्यो रात
दिगन्त बन्न सकेन तिमीमा
जीवन्त बन्न सकेन तिमीमा
र, भासियौ तिमी
कहिल्यै नउठ्नेगरी स्वार्थको भासमा
टाँसियौ तिमी
तिम्रै स्वतन्त्रता गुमेको
त्यो सर्वदा नक्कली आकाशमा
र, चिन्न सकेनौ
गर्वले छाती फुकेको रात
नेपालआमाका सजल नयनहरुमा
सधैंका लागि आसुँ सुकेको रात !
तिमी बन्न सकेनौ त्यो उपन्यास
जो सदियौंदेखि भोक, रोग, अशिक्षा
र, गरिबीमा पिल्सिएर पनि
आफ्ना हाडका बज्रहरुले पहरा फोरेर
आफ्नै मुटु निचोरेर
रुखो धरतीलाई हराभरा पारेर
दुनियाँको प्राण धानिरहेका श्रमिकहरुको
पसिना लुटेर रजाइँ गर्ने
लुटेराहरुका खिलाफमा कोरियोस्
पहिल्याउन सकेन तिम्रो मुक्तकले
कि, संसारमा सबैभन्दा बलिया हातहरु भनेका
न्यायका लागि उठेका हातहरु हुन्
जान्न सकेन तिम्रो हाइकूले
अठार घण्टा पसिना चुहाउनेहरु
आफ्नो श्रमबाट ठगिएको बेला
जागरणको हरफ बन्नुपर्छ
र, बन्न सकेनौ तिमी त्यस्तो कविता
जो तान्डव नृत्य मच्चाएर
न्यायको मजाक उडाउनेहरुका खिलाफमा
नेपालआमालाई बलात्कार गरेर
विजय उत्सव मनाउनेहरुका विरुद्ध विष्फोट होस्
बन्न सकेनौ तिमी गजलको त्यो सेर
जो तथाकथित आधुनिकताको खुनी पन्जाबाट
नांगिरहेको तिम्रो पुस्ताको शरीरमा
लाज ढाक्ने एकसरो कपडा बनोस् !
त्यसैले त्यो रात
मैले मुक्तक कोरिनँ
न त मैले कविता लेखेँ
एउटा क्रुर रात
भयानक रात
निस्तब्ध रात
विचारको शिखरबाट तिमी झरेको रात
तिम्रो मुटुमा राष्ट्रियता मरेको रात
धरतीमा सन्ध्या ओर्लिएको रात !
२०६०/०२/२४
शान्तिनगर-३, दाङ
No comments:
Post a Comment